अपुष्ट सूचनाका आधारमा उद्योगी आतंकित पारिएको भन्दै कोशीका चार संस्थाको आपत्ति
arthasansar.com · Tue Aug 04 05:03:21 GMT 2026

विराटनगरको प्रतिष्ठित व्यावसायिक घराना देवेनरा ग्रुपको घर तथा व्यावसायिक प्रतिष्ठानमा सोमबार बिहान प्रहरीले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी करिब ५ घण्टासम्म गरेको छापाको उद्योगी-व्यवसायीहरूले तीव्र निन्दा गरेका छन्।
छापाका क्रममा कुनै गैरकानुनी वस्तु फेला नपरेपछि प्रहरीको सूचना संयन्त्रमाथि प्रश्न उठाउँदै नेपाल उद्योग वाणिज्य महासंघ (कोशी प्रदेश), नेपाल उद्योग परिसंघ (कोशी), मोरङ उद्योग व्यापार संघ र उद्योग संगठन मोरङका अध्यक्षहरूले संयुक्त विज्ञप्ति जारी गरी अपुष्ट सूचनाका भरमा बिहानैदेखि आतंकित पार्ने शैलीमा गरिएको यो कदमको भर्त्सना गरेका हुन्।
Read full story at source (arthasansar.com)