बिहार उपचुनावमा प्रशान्त किशोरले भत्काए भाजपाको किल्ला, वैकल्पिक राजनीतिमा नयाँ हलचल
clickmandu.com · Tue Aug 04 05:15:42 GMT 2026

एजेन्सी । भारतको बिहार राज्यको बाँकीपुर उपचुनावका लागि जन सुराज पार्टी (जेएसपी) को उम्मेदवार घोषित भएलगत्तै पार्टीका संस्थापक प्रशान्त किशोरले यस चुनावलाई बिहारका मुख्यमन्त्री सम्राट चौधरीको नेतृत्वमाथिको जनमत संग्रहको रूपमा व्याख्या गरेका थिए । उनले मतदाताहरूलाई भारतीय जनता पार्टी (भाजपा) लाई सन्देश दिन यस निर्वाचनको प्रयोग गर्न पनि आग्रह गरेका थिए ।
सोमबार प्रशान्त किशोरले भाजपाको गढ मानिने बाँकीपुर सिट जितेर सत्तारूढ दललाई ठूलो धक्का दिएका छन् । यस सिटमा भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन र विगतमा उनका पिता किशोर प्रसाद सिन्हाले प्रतिनिधित्व गर्दै आएका थिए । सिन्हाले सन् १९९५ देखि २००६ मा उनको निधन नहुञ्जेलसम्म पटक–पटक यहाँबाट चुनाव जितेका थिए ।
Read full story at source (clickmandu.com)