बाढी घट्ला, तर साथ नघटोस्: रसुवाको विपद्पछि राहतसँगै मानसिक स्वास्थ्य, पुनःस्थापना र आशाको दीर्घकालीन यात्रा
swasthyakhabar.com · Mon Aug 31 04:21:51 GMT 2026

रसुवामा आएको विनाशकारी बाढीले धेरै परिवारको जीवनमा गहिरो असर पारेको छ। केही परिवारले आफ्ना प्रियजन गुमाउनुभएको छ, केहीले घर, सम्पत्ति र जीविकोपार्जनका आधार गुमाउनुभएको छ। कतिपय परिवार आफ्ना आफन्तको अवस्थाबारे चिन्तित हुनुहुन्छ भने धेरैले जीवनकै कठिन र भयावह क्षणको सामना गर्नुभएको छ। यस्तो अवस्थामा उद्धार, उपचार, खाना, पानी र सुरक्षित आवास तत्कालका प्राथमिकता हुन्। तर विपद्को असर भौतिक क्षतिमा मात्र सीमित हुँदैन। मनमा परेको चोट देखिँदैन, तर त्यसको असर लामो समयसम्म रहन सक्छ। त्यसैले राहतसँगै प्रभावित व्यक्तिहरूको मानसिक स्वास्थ्य र भावनात्मक अवस्थालाई पनि उत्तिकै महत्त्व दिन आवश्यक छ।
पीडालाई सम्मान गरौँ
Read full story at source (swasthyakhabar.com)