कपिलवस्तुमा मेशिनबाट धान रोपाइँ : मूल्य तोकेपछि धान पनि किन्न सरकारसँग किसानको माग
nagariknews.nagariknetwork.com · Mon Jun 29 14:55:54 GMT 2026

लुम्बिनी प्रदेशमै सबैभन्दा बढी धान खेती हुने कपिलवस्तुमा २३औँ राष्ट्रिय धान दिवसका अवसरमा विभिन्न स्थानमा रोपाइँ महोत्सव आयोजना गरिएको छ। ‘जलवायुमैत्री प्रविधि : धानमा आत्मनिर्भर वृद्धि’ भन्ने नारासहित आयोजित कार्यक्रममा यस वर्ष प्रविधिमैत्री खेतीलाई प्राथमिकता दिँदै मेशिनबाट धान रोपाइँ गरिएको छ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ कपिलवस्तु तथा कृषि ज्ञान केन्द्रको आयोजनामा मायादेवी गाउँपालिका–डुमरामा आयोजित कार्यक्रममा स्थानीय कृषक विष्णु पाण्डेयको खेतमा मेशिनमार्फत धान रोपाइँ गर्दै महोत्सवको शुभारम्भ गरिएको थियो।
Read full story at source (nagariknews.nagariknetwork.com)