राष्ट्र बैंकमा बारम्बार फेरबदलको विपक्षमा अर्थमन्त्री वाग्ले, ‘योग्यता चाहिन्छ, अनावश्यक हेरफेर होइन’
kalakarmi.com · Tue Aug 04 07:30:30 GMT 2026

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक जस्तो स्थापित, संवेदनशील र मुलुकको वित्तीय प्रणालीको प्रमुख नियामक संस्थामा बारम्बार संरचनात्मक फेरबदल गर्नु उपयुक्त नहुने बताएका छन् । उनले यस्तो परिवर्तनले संस्थाको कार्यक्षमता, स्थायित्व र व्यावसायिकतामा नकारात्मक प्रभाव पार्न सक्ने भएकाले आवश्यक अध्ययन र दीर्घकालीन सोचका आधारमा मात्र निर्णय लिनुपर्ने धारणा राखेका छन् ।
मंगलवार संघीय संसद्अन्तर्गतको अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि भइरहेको छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले राष्ट्र बैंकको संस्थागत क्षमता मजबुत बनाउनुपर्नेमा जोड दिए । उनले संस्थाको प्रभावकारिता बढाउनु प्राथमिक आवश्यकता भएको उल्लेख गर्दै अनावश्यक संरचनात्मक विस्तारले अपेक्षित परिणाम नदिने तर्क गरे । उनले राष्ट्र बैंकको सञ्चालक समितिको सदस्य संख्या सातबाट बढाएर नौ पुर्याउने प्रस्तावप्रति असहमति जनाउँदै हालको संरचना नै पर्याप्त रहेको बताए । सदस्य संख्या बढाउनुको सट्टा विद्यमान संरचनालाई अझ सक्षम, प्रभावकारी र उत्तरदायी बनाउनु आवश्यक रहेको उनको भनाइ थियो ।
Read full story at source (kalakarmi.com)