प्रतिनिधि सभा बैठक सुरू
annapurnapost.com · Tue Aug 04 07:26:12 GMT 2026

काठमाडौं :संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक सुरू भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन,न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौं वार्षिक प्रतिवेदन आव २०८१–८२’ पेस गर्ने सम्भावित कार्यसूची छ । बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने जनाइएको छ ।
सांसद आङ्देम्बेले ‘वास्तविक भूमिहीन,सुकुमवासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी नागरिकको संरक्षण र पुनः स्थापनाका लागि सरकारले आवश्यक व्यवस्था गरी सुरक्षित आवास, आधारभूत सेवा,खाद्य,स्वास्थ्य,शिक्षा र जीविकोपार्जनको निरन्तरतालाई ध्यान दिइ उचित क्षतिपूर्ति,स्थायी पुनःस्थापनाको प्रत्याभूति दिलाउन र वास्तविक भूमिहीन एवं सुकुमवासीलाई यथाशीघ्र लालपूर्जा वितरण गराउन आवश्यक भएकाले भन्ने’विषयको सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नेछन् । प्रस्तावको समर्थकमा सांसदहरु ऐनबहादुर महर,युवराज दुलाल र आरेन राई छन् ।
Read full story at source (annapurnapost.com)