सुनसरी गोलीकाण्ड: थप एक घाइतेको मृत्यु, ज्यान गुमाउनेको संख्या ४ पुग्यो
clickmandu.com · Tue Aug 04 07:46:51 GMT 2026

काठमाडौ । साउन १० गते सुनसरीको देवानगन्ज गाउँपालिकामा दुई पक्षबीचको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका थप एक जनाको मृत्यु भएको छ।
काठमाडौंको शिक्षण अस्पताल (टिचिङ) मा उपचारका क्रममा देवानगन्ज गाउँपालिका-१ का २२ वर्षीय रवीन्द्रकुमार मेहताको मंगलबार बिहान पौने ११ बजे मृत्यु भएको हो ।