नाटक ‘वीर गणेशमान’ हेरेर प्रकाशमानले के भने ?
baahrakhari.com · Mon Aug 31 04:31:06 GMT 2026

काठमाडौं । सर्वनाम थिएटरमा नेपालका ‘लौहपुरुष’ सर्वोच्च नेता गणेशमान सिंहको जीवन, त्याग र ऐतिहासिक बलिदानमा आधारित नाटक ‘वीर गणेशमान’को मञ्चन सुरु भएको छ । शनिबार साँझ एक विशेष समारोहबीच यस नाटकको प्रिमियर शो आयोजना गरियो ।
प्रिमियरमा गणेशमान सिंहका छोरा तथा नेपाली कांग्रेसका शीर्ष नेता एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहको उपस्थिति रहेको थियो । नाटक हेरेपछि नेता सिंहले नेपालमा पूर्ण प्रजातन्त्र कसरी आयो र त्यसमा गणेशमानको योगदान कस्तो थियो भन्ने यथार्थ बुझ्न आजको युवा पुस्ताले यो नाटक अनिवार्य हेर्नुपर्ने बताए ।
Read full story at source (baahrakhari.com)