प्रधानमन्त्री र प्रधान सेनापतिबीच मुलुकको सुरक्षाबारे छलफल
annapurnapost.com · Tue Aug 04 07:54:15 GMT 2026

काठमाडौं : प्रधानमन्त्री बालेन शाह र प्रधान सेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ। उनीहरूबीच मंगलबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो। प्रधानमन्त्री शाहले रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका छन्।
सैनिक प्रवक्ता राजाराम बस्नेतले प्रधानमन्त्री र प्रधान सेनापतिबीच भेटघाट नियमित भएको बताए। उनले अन्नपूर्णसँग भने,'पछिल्लो समय सामसामयिक विषयमा उहाँहरूबीच छलफल भएको हो।' भेटमा मोरङ र मधेशमा उत्पन्न दुई समूहबीचको विवादलगायत मुलुकको समग्र सुरक्षा व्यवस्थाबारे छलफल भएको बुझिएको छ।
Read full story at source (annapurnapost.com)