टेकुबाट मात्रै ग्यास वितरण गरेर समस्या समाधान हुदैन- सांसद कार्की
arthasansar.com · Tue Aug 04 08:09:17 GMT 2026

सांसद प्रकाश सिंह कार्कीले टेकुबाट मात्रै ग्यास बिक्री–वितरण गरेर उपभोक्ताको समस्या समाधान नहुने बताएका छन्। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले भक्तपुर, कीर्तिपुरलगायत विभिन्न स्थानका उपभोक्तालाई टेकुसम्म पुगेर ग्यास लिन व्यावहारिक रूपमा कठिन हुने बताएका हुन्।
'टेकुमा ग्यास बाँडेर हुन्छ ? भक्तपुर, कीर्तिपुर कुना–कुनाका मान्छे कसरी आउँछन् ? फेरि यताउता गरेर हाफ सिलिन्डरमा लाने हो भने मात्रै हो,' उनले भने । सांसद कार्कीले पेट्रोलियम क्षेत्रका लागि स्पष्ट कानुनको अभाव रहेको भन्दै कानुनी व्यवस्था नहुँदा कसलाई कारबाही गर्ने भन्ने अन्योल रहेको बताए। उनले सरकार, उद्योगी र उपभोक्ता अधिकारकर्मीबीच पनि एउटै विषयमा फरक–फरक धारणा देखिएको टिप्पणी गरे।
Read full story at source (arthasansar.com)