सवारी कारबाहीबाट एक करोड ३३ लाख राजस्व सङ्कलन
reportersnepal.com · Tue Aug 04 08:13:26 GMT 2026
कर्णाली, १९ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले सवारी कारबाहीबाट रु एक करोड ३३ करोड राजस्व सङ्कलन गरेको छ ।
ट्राफिक प्रहरीले गत आर्थिक वर्ष २०८२/८३ मा रु एक करोड ३३ लाख ८१ हजार ५०० राजस्व सङ्कलन गरेको हो । मादक पदार्थ सेवन, तीव्र गतिलगायत ट्राफिक नियम उलङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याइएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिए ।
Read full story at source (reportersnepal.com)