राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यीय हुनेमा सहमति
hamrakura.com · Tue Aug 04 00:00:00 GMT 2026
काठमाडौँ । ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि मंगलबार अर्थ समितिमा भएको दफावार छलफलमा बैंकको सञ्चालक समितिको संरचनासम्बन्धी व्यवस्थामा सहमति जुटेको छ।
समितिका सचिव लक्ष्मण अर्यालले दिएको जानकारीअनुसार विधेयकको दफा १० मा केन्द्रित रही भएको छलफलमा नेपाल राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यीय हुने गरी सहमति कायम भएको छ।
Read full story at source (hamrakura.com)