नबिल बैङ्कको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैङ्किङ सहायता उपलब्ध हुने
hamrakura.com · Tue Aug 04 00:00:00 GMT 2026
काठमाडौँ। नबिल बैङ्क लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैङ्क एजुकेशन हब’ सञ्चालनमा ल्याएको छ । हबको सोमबार नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्ट, नबिल बैङ्कका अध्यक्ष निर्वाणकुमार चौधरी र बैङ्कका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले संयुक्त रूपमा उद्घाटन गरे । त्यस अवसरमा बैङ्कका सञ्चालक समितिका सदस्य तथा वरिष्ठ व्यवस्थापनका पदाधिकारीहरूको समेत उपस्थिति थियो ।
उच्च शिक्षाका लागि विदेश अध्ययन गर्न जान चाहने विद्यार्थी, उनीहरूका अभिभावक, शैक्षिक परामर्शदाता संस्था तथा शिक्षा क्षेत्रसँग सम्बन्धित अन्य सरोकारवालालाई लक्षित गरी एजुकेशन हब सञ्चालनमा ल्याइएको बैङ्कको भनाइ छ । उक्त हबबाट बैङ्किङ, वित्तीय तथा परामर्श सेवा उपलब्ध हुने जनाइएको छ ।
Read full story at source (hamrakura.com)