मधेशमा बल प्रयोगबारे संसद्मा अमरेशको कडा आपत्ति
reportersnepal.com · Tue Aug 04 08:31:01 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेश प्रदेशमा हुने आन्दोलन र प्रदर्शनहरूमा सुरक्षा निकायबाट हुने बल प्रयोगको शैलीमाथि गम्भीर प्रश्न उठाएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले मधेश र थरुहट क्षेत्रका आन्दोलनहरूमा राज्य संयन्त्र नागरिकप्रति असहिष्णु बन्ने गरेको आरोप लगाए। उनले २०६३ सालदेखि आफू संसद्मा निरन्तर रहेको उल्लेख गर्दै मधेशमा हुने साना-तिना प्रदर्शनमा समेत लाठी र अश्रुग्याँसको सट्टा सोझै गोली चलाउने प्रवृत्तिको विरोध गरे।
Read full story at source (reportersnepal.com)