इरान युद्धका कारण विश्व बजारले गुमायो २ अर्ब ६० करोड ब्यारेल तेल
ratopati.com · Tue Aug 04 08:39:25 GMT 2026

रियाद । इरानसँगको अमेरिकी युद्धका कारण विश्व ऊर्जा बजारबाट हालसम्म २ अर्ब ६० करोड ण्ब्यारेल कच्चा तेलको आपूर्ति घटेको८८ साउदी अरेबियाको सरकारी तेल कम्पनी साउदी अराम्कोका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमिन नासेरले बताएका छन् ।
युद्धका कारण प्रमुख समुद्री व्यापार मार्ग अवरुद्ध हुँदा विश्वव्यापी ऊर्जा आपूर्ति र तेल बजारमा गम्भीर असर परेको उनले बताएका हुन् । समाचार संस्था रोयटर्सका अनुसार मंगलबार दोस्रो त्रैमासिक वित्तीय नतिजा सार्वजनिक गर्ने क्रममा नासेरले युद्धले विश्वव्यापी तेल आपूर्तिमा ठूलो दबाब सिर्जना गरेको बताएका हुन् । नासेरका अनुसार विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक स्टे«ट अफ होर्मुज हुँदै हुने तेल ढुवानी अहिले युद्धअघिको तुलनामा करिब १० प्रतिशतमा मात्र सीमित भएको छ ।
Read full story at source (ratopati.com)