नारायणी अस्पतालबाट एकदिने नवजात शिशु चोरी भएको आफन्तको गुनासो
swasthyakhabar.com · Mon Aug 31 04:36:00 GMT 2026

वीरगञ्ज - वीरगञ्जस्थित नारायणी अस्पतालबाट एकदिने नवजात शिशु हराएको आफन्तले गुनासो गरेका छन्। सर्लाहीको रामनगर नगरपालिका–३ निवासी रञ्जय दास र रिंकु देवी दासका एकदिने छोरालाई अस्पतालको गाइनो वार्डबाट अपरिचित महिलाले लिएर गएको परिवारजनले बताएका छन्।
परिवारका अनुसार गाइनो वार्डको बेड नम्बर ११ मा भर्ना रहेका शिशुलाई सरसफाइ कर्मचारीका रूपमा परिचय दिएकी एक महिलाले खेलाउने बहानामा लिएर गएकी थिइन्। बच्चालाई लिएर गएपछि ती महिला सम्पर्कविहीन भएको परिवारको भनाइ छ।
Read full story at source (swasthyakhabar.com)