हिक्मत कार्कीविरुद्ध हस्ताक्षर अभियान तीव्र, मुख्यमन्त्रीनिकट सांसद असन्तुष्ट
ratopati.com · Tue Aug 04 08:43:25 GMT 2026

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीविरुद्ध सांसदहरूले हस्ताक्षर अभियान तीव्र बनाएका छन् । सांसदहरूले यस्तो अभियान चलाएपछि मुख्यमन्त्रीनिकट सांसदहरूले भने असन्तुष्टि व्यक्त गरेका छन् ।
विराटनगरस्थित एमाले कार्यालयमा सोमबार बसेको प्रदेशका पदाधिकारी र संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीसँग छलफलका लागि तीन नेता राजधानी जाने सहमति भएको थियो । सोही सहमति अनुसार प्रदेश इन्चार्ज शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेश अध्यक्ष घनश्याम खतिवडा काठमाडौं जाने कार्यक्रम छ । मुख्यमन्त्री कार्की पनि दिउँसो २ बजे काठमाडौँ उडे । तर, उक्त सहमतिविपरीत प्रदेश इन्चार्ज शेरधन राईको निर्देशनमा हस्ताक्षर अभियान चलाइएपछि मुख्यमन्त्री असन्तुष्ट बनेका हुन् ।
Read full story at source (ratopati.com)