ग्यास अभावबीच काठमाडौं महानगर प्रहरी सक्रिय, वितरण व्यवस्थापनमा कडाइ
kalakarmi.com · Tue Aug 04 08:53:58 GMT 2026

काठमाडौं- काठमाडौं महानगर प्रहरी बलले बजारमा उपलब्ध ग्याँस र वितरण प्रणालीको सहजताका लागि काम थालेको छ । लामो समयसम्म ग्याँस नपाएको, पहुँच हुनेले मात्र ग्याँस पाएको, विद्यार्थीहरुमा ग्याँसका पहुँच नभएको जस्ता गुनासा आउन थालेपछि ग्याँस डिपोमा भएको ग्याँस वितरण व्यवस्थापनका लागि प्रहरी बल सक्रिय भएको हो ।
‘बजारमा उपलब्ध भएको ग्याँसलाई सन्तुलित वितरण मिलाउन हाम्रो भूमिका हुनेछ । डिपोहरुको अवस्था हेर्न पुगेका प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले भने, ‘डिपोमा उपलब्ध ग्याँस वितरणमा सबैको पहुँच बढाउन हामी सहजीकरण गर्छौँ ।
Read full story at source (kalakarmi.com)