सुकुमबासीको उठीबास र बिचल्लीबारे संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने (प्रस्तावसहित)
ratopati.com · Tue Aug 04 09:04:29 GMT 2026

काठमाडौँ । काठमाडौँ उपत्यका लगायत देशभरका नदी किनारामा बसोबास गर्ने भूमिहीन सुकुमबासीहरूलाई पर्याप्त तयारी र विकल्पबिना डोजर चलाएर उठीबास लगाएको विषयमा सङ्घीय संसद् प्रतिनिधिसभामा ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ दर्ता गरिएको छ।
प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ७१ बमोजिम माननीय सांसद भीष्मराज आङ्देम्बे प्रस्तावक र सांसदहरू ऐन बहादुर महर, युवराज दुलाल तथा हर्क राज राई समर्थक रही असार ३१ गते दर्ता भएको प्रस्तावमाथि आज प्रतिनिधि सभामा छलफल हुँदैछ ।
Read full story at source (ratopati.com)