सभामुखले गरे संसदीय समितिका सभापतिहरूसँग छलफल
nepalviews.com · Tue Aug 04 09:03:47 GMT 2026

काठमाडौं । सभामुख डीपी अर्यालले संसदीय समितिका सभापति तथा सचिवहरूसँग छलफल गरेका छन् । छलफलमा संसदीय समितिहरूको कामकारबाहीलाई थप प्रभावकारी, परिणाममुखी र समयबद्ध बनाउने विषयमा विस्तृत छलफल भएको थियो ।
छलफलपछि सभामुख अर्यालले समितिहरूले अवलोकन तथा अनुगमनका क्रममा स्पष्ट कार्यविधि र कार्ययोजनाका आधारमा अघि बढ्नुपर्नेमा जोड दिए। 'अनुगमन र अवलोकन गर्दा निश्चित कार्यविवरण बनाएर गर्नुहोस् । कानुन र विधिको पालना गर्दै अनुगमन गर्नुहोस्,' उनले भने ।
Read full story at source (nepalviews.com)