रुद्राक्षखेतीप्रति किसानको आकर्षण बढ्दै
gorkhapatraonline.com · Mon Aug 31 04:57:25 GMT 2026

भोजपुरका किसानका लागि रुद्राक्षखेती आम्दानीको राम्रो स्रोत बन्दै गएको छ । जिल्लाको बेँसी क्षेत्रमा उत्पादन भएका रुद्राक्षका दाना टिप्ने क्रम सुरु भएको छ । रुद्राक्षको विक्रीवितरण समेत सुरु भएको छ ।
रुद्राक्ष व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष मनोज चापागाईँका अनुसार गत वर्ष भोजपुरबाट करिब रु एक अर्ब रुपियाँ बराबरको रुद्राक्षको कारोबार भएको थियो । जिल्लामा वार्षिक करिब ११ लाख किलोग्राम रुद्राक्ष उत्पादन हुने उहाँले जानकारी दिनुभयो । एउटै दानाबाट किसानले लाखौँ आम्दानी लिने गरेको उहाँको भनाइ छ ।
Read full story at source (gorkhapatraonline.com)