कालीगण्डकी करिडोर : पहाड काटेर सडक फराकिलो बनाउन सुरु
nagariknews.nagariknetwork.com · Fri May 15 10:41:49 GMT 2026

चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको महभिर र भिरकाटेमा बिस्फोटक पदार्थको सहायतामा पहाड काटेर सडक फराकिलो पार्न थालिएको छ।
बेनी जोमसोम कोरला सडक आयोजना कार्यालयले अन्नपूर्ण गाउँपालिका–६ भिरकाटे र वडा नं ७ मा पर्ने महभिरको पहाडमा सडक फराकिलो पार्न रु सात करोड बढी लागतको आयोजना सुरु गरेको हो। आयोजना प्रमुख तेजस्वी शर्माले ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले पहाडमा बिस्फोटक पदार्थको प्रयोग गरी सडक फराकिलो पार्न ‘ड्रिलिङ’ गर्न थालेको जानकारी दिए।
Read full story at source (nagariknews.nagariknetwork.com)