इरानले गर्यो जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र आक्रमण
ratopati.com · Mon Aug 31 05:02:21 GMT 2026

तेहरान । इरानले जोर्डनस्थित दुई अमेरिकी सैन्य अड्डालाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का अनुसार आइतबार गरिएको संयुक्त क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा जोर्डनका किङ हुसेन र अल अजराक सैन्य अड्डालाई निशाना बनाइएको छ । उक्त कारबाहीलाई आईआरजीसीले आक्रमणकारीलाई सजाय भनेको छ ।
आक्रमणबाट सैन्य प्राविधिक तथा मर्मत सम्भार पूर्वाधार र लडाकु विमान तैनाथ गर्ने क्षेत्रहरूमा ठुलो क्षति पुगेको दाबी आईआरजीसीले गरेको छ । जोर्डनले भने आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका आठ वटा क्षेप्यास्त्रलाई प्रतिरक्षा प्रणालीमार्फत खसालेको जनाएको छ ।
Read full story at source (ratopati.com)