युक्रेनका ऊर्जा पूर्वाधारमा ठुलो आक्रमण गर्ने रुसको तयारी
barnanmedia.com · Mon Aug 31 05:06:42 GMT 2026

रुसले युक्रेनका ऊर्जा पूर्वाधारमा ठूलो आक्रमणको तयारी थालिएको जनाएको छ। युक्रेनले आफ्ना ऊर्जा तथा नागरिक पूर्वाधारमा गरेको आक्रमणको जवाफ दिन लागिएको रुसको भनाइ छ। रुसको रक्षा मन्त्रालयले आइतबार टेलिग्राममार्फत युक्रेनको ऊर्जा क्षेत्रका संरचनामा ठुलो मात्रामा आक्रमणको तयारी सुरु गरिएको जनाएको हो।
गत हिउँदमा रुसले युक्रेनका विद्युत् उत्पादन तथा प्रसारण संरचनामा पटकपटक आक्रमण गर्दा देशको ऊर्जा प्रणालीमा ठुलो क्षति भएको थियो। त्यसका कारण लाखौँ मानिसले अत्यधिक चिसोका बीच विद्युत् तथा ताप आपूर्तिको समस्या झेल्नुपरेको थियो।
Read full story at source (barnanmedia.com)