इन्टर्न चिकित्सकदेखि नर्स अनशनमा, स्वास्थ्यमन्त्री मौन
ratopati.com · Tue Aug 04 14:39:16 GMT 2026

काठमाडौँ। सुशासन र पारदर्शितालाई मुख्य नारा बनाएको सरकारले स्वास्थ्य क्षेत्रको सुधारमा पर्याप्त ध्यान दिएको देखिँदैन । स्वास्थ्य क्षेत्रको नीतिगत र व्यवस्थापकीय सुधारमा ध्यान नदिँदा समस्या ज्युँका त्युँमात्र होइन, बढ्न थालेका छन्।
विविध समस्या समाधानको माग उठाउँदै पछिल्लो पटक चिकित्सकको आन्दोलन, डा. गोविन्द केसी, नर्स ज्योति रानाभाट, इन्टर्न चिकित्सक डिल्ली हरिजन अनशन बस्नुपर्ने अवस्था सिर्जना भयो । सरकारको एक सय बुँदे कार्यसूचीको ८५ नम्बरमा स्वास्थ्यको विषय उल्लेख छ, जसमा विपन्नलाई उपचार सहज, डिजिटल स्वास्थ्य सूचना प्रणाली, अस्पतालहरूमा सेवा प्रवाह नागरिकमैत्री र जवाफदेही बनाउने, जलनका बिरामीको सहुलियत दरमा उपचार जस्ता महत्त्वाकाङ्क्षी योजना समेटिएका छन् । यद्यपि यी अधिकांश योजना कार्यान्वयन भएको देखिँदैन ।
Read full story at source (ratopati.com)