बाढी प्रभावित क्षेत्रमा २० हजार बढी सुरक्षाकर्मी परिचालित- ९०३ शव भेटिए, ४ हजार सम्पर्कविहीन
lokaantar.com

रसुवाको भोटेकोशीमा आएको बाढीमा परेका ९०३ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज बिहान ९ बजेसम्मको विवरण अनुसार ८ जिल्लामा ९०३ वटा शव (मावन अंगसहित) फेला परेका हुन् ।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै शव चितवनमा भेटिएका छन् । चितवनमा मात्रै २७२ वटा शव फेला परेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार चितवनपछि नवलपरासी पूर्वमा २०७, नवलपरासी पश्चिममा १५१, नुवाकोटमा ९५, गोरखामा ६२, धादिङमा ५५, तनहुँमा ३७ र रसुवामा २४ शव फेला परेका छन् ।
Read full story at source (lokaantar.com)