खड्का र शेखरले ‘ठेस’ भनेको मनोनयनलाई केन्द्रीय सदस्यले ‘एस’ भनेपछि...
shilapatra.com · Fri May 15 11:02:06 GMT 2026

कांग्रेस केन्द्रीय सदस्य मनोनीतलाई इतर पक्षले विवादित बनाउन खोजे पनि मनोनीत हुनेले भने स्वीकारेका छन् । २८ वैशाखमा कांग्रेसले विशेष महाधिवेशबाट बाहिर रहेका १९ नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको थियो । पार्टीले छलफल गरेरै मनोनीत गरे पनि इतर समूहका नेता पूर्णबहादुर खड्कादेखि डा. शेखर कोइराला समूहका नेतालाई पार्टीमा ठेस पुग्ने बताएका थिए । तर मनोनीत भएका नेताहरूले केन्द्रीय सदस्यमा मनोनीत हुनुलाई एस भनेका छन् । अर्थात् स्वीकारेका छन् ।
पूर्वसंस्थापन देउवानिकटका धेरै नेतालाई समेटेर कांग्रेसले केन्द्रीय सदस्य बनाएको थियो । जसमा महेन्द्र यादव, जीवन परियार, उमेश श्रेष्ठ, रमेश रिजाल, सुजाता कोइराला, दीलेन्द्रप्रसाद बडू, डा. चन्द्रकान्त भण्डारी र अजयकुमार चौरसिया थिए । त्यस्तै, लक्ष्मी परियार, आङ्गेलु शेर्पा, दिनेशकुमार यादव, राजीव कोइराला, राजीव ढुंगाना, प्रा.डा. गोविन्दराज पोखरेल, सुशीला मिश्र भट्ट, नागिना यादव, दिनेश कोइराला, डा. जीवन राना र सीता थपलिया (उर्मिला) थिए ।
Read full story at source (shilapatra.com)