बालबालिकाको पहिचान खुल्ने सामग्री सामाजिक सञ्जालबाट हटाउन मानव सेवा आश्रमलाई निर्देशन
techpana.com · Tue Aug 04 14:53:55 GMT 2026

काठमाडौं । राष्ट्रिय बाल अधिकार परिषद्ले मानव सेवा आश्रमलाई आफ्नो संरक्षणमा रहेका बालबालिकाको पहिचान खुल्ने गरी सामाजिक सञ्जालमा राखिएका तस्विर तथा भिडिओहरू तत्काल हटाउन निर्देशन दिएको छ । परिषद्ले काठमाडौँ महानगरपालिका–२६ स्थित आश्रमलाई पत्राचार गर्दै बालबालिकाको गोपनीयता, सुरक्षा र सर्वोत्तम हितको प्रतिकूल हुने गरी सामग्री प्रकाशन नगर्न सचेत गराएको हो ।
परिषद्ले मंगलबार एक विज्ञप्ति जारी गर्दै बालगृहमा रहेका बालबालिकाको तस्विर र भिडियो सार्वजनिक गरिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 'बाल गृह सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९' को दफा ९(१३) अनुसार बालबालिकाको पहिचान खुल्ने कुनै पनि सामग्री सामाजिक सञ्जालमा राख्न नपाइने कानुनी व्यवस्था छ ।
Read full story at source (techpana.com)