नेपालको पहिलो एनिमेटेड फिचर ‘लस्ट इन मण्डला’ विश्व बजारमा जाने
arthadabali.com · Tue Aug 04 15:07:35 GMT 2026

काठमाडौँ / नेपालको पहिलो एनिमेटेड फिचर चलचित्रका रूपमा प्रस्तुत गरिएको ‘लस्ट इन मण्डला’ विश्व बजारलाई लक्षित गर्दै प्रदर्शनमा आउने भएको छ। हिमालय क्षेत्रको आध्यात्मिक परम्परा, मिथक र प्राकृतिक सौन्दर्यबाट प्रेरित एनिमेटेड फ्यान्टेसी–एडभेन्चर चलचित्रलाई नेपालसहित छनोट गरिएका अन्तर्राष्ट्रिय बजारमा ८८एप्पल इन्टरटेनमेन्ट प्रालिले वितरण गर्ने भएको हो।
नेपाली सांस्कृतिक परिवेशमा आधारित चलचित्रले मित्रता, करुणा, साहस र आत्मखोजीजस्ता विश्वव्यापी विषयलाई कथाको केन्द्रमा राखेको निर्माण पक्षले जनाएको छ। नेपाली कथा, मिथक तथा आध्यात्मिक परम्परालाई आधुनिक एनिमेसन प्रविधि र अन्तर्राष्ट्रिय चलचित्र निर्माणको अनुभवसँग जोडेर चलचित्र तयार पारिएको छ।
Read full story at source (arthadabali.com)