विद्यालय परिसरमा मदिरा र सुर्तीजन्य पदार्थ बिक्री गर्न रोक
ratopati.com · Tue Aug 04 15:06:31 GMT 2026

बुटवल। बुटवल उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालय परिसरमा मदिरा तथा सुर्तीजन्य पदार्थको बिक्री–वितरण नगर्न आग्रह गरेको छ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ज्ञवालीले मंगलबार सूचना जारी गर्दै विद्यालयको शैक्षिक वातावरण र विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै विद्यालय परिसरमा यस्ता पदार्थको बिक्री–वितरण रोक्न सबै विद्यालयलाई अनुरोध गरेका हुन्।
Read full story at source (ratopati.com)