तीन अत्याधुनिक पनडुब्बी खरिद गर्दै पोल्याण्ड
lokaantar.com
बढ्दो रूसी सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै पोल्याण्डले स्वीडेनबाट अत्याधुनिक पनडुब्बी खरिद गर्न चार दशमलव आठ अर्ब अमेरिकी डलर बराबरको सम्झौतामा हस्ताक्षर गरेको छ ।
सोमबार बाल्टिक सागरस्थित ग्दान्स्क बन्दरगाहमा सम्पन्न सम्झौताअनुसार पोल्याण्डले पाँचौँ पुस्ताका तीनवटा ‘ए–२६’ वर्गका पनडुब्बी प्राप्त गर्नेछ । पोल्याण्डका रक्षामन्त्री व्लादिस्लाव कोसिनियाक–कामिस्जले ती पनडुब्बी बाल्टिक सागरमा प्रभावकारी सञ्चालनका लागि विशेष रूपमा डिजाइन गरिएको र नौसेना तथा विशेष बलको क्षमता अभिवृद्धिमा उपयोगी हुने बताए ।
Read full story at source (lokaantar.com)