सरकारी सूचना प्रवाहलाई थप प्रभावकारी बनाइने
reportersnepal.com · Tue Aug 04 15:23:12 GMT 2026

काठमाडौँ । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राजनीतिक बिटमा कार्यरत विभिन्न सञ्चार माध्यमका पत्रकारसँग छलफल गर्दै सरकारी सूचना प्रवाहलाई थप पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाइने बताएका छन्।
मंगलबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित छलफलमा मन्त्री पोखरेलले सरोकारवालाबाट प्राप्त सुझावलाई कार्यान्वयन गर्दै आगामी दिनमा यस्ता संवादलाई निरन्तरता दिइने बताए । उनले अन्तर मन्त्रालय समन्वयमार्फत आधिकारिक सूचना दिने व्यक्तिको व्यवस्था गरी सूचना प्रवाहलाई थप चुस्त र प्रभावकारी बनाइने जानकारी दिए।
Read full story at source (reportersnepal.com)