सार्वजनिक स्थलमा प्रहरीको काम कारबाही रेकर्ड गर्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दर्ता
ratopati.com · Mon Aug 31 05:17:28 GMT 2026

काठमाडौँ । सार्वजनिक स्थानमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीको काम–कारबाहीलाई नागरिकले अडियो वा भिडियोका माध्यमबाट रेकर्ड गर्न पाउने संवैधानिक अधिकारको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। नेपाल ल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू विवेक चौधरी र विकास यादवले बुधबार संयुक्त रूपमा उक्त रिट दर्ता गराएका हुन्।
दर्ता गरिएको रिट निवेदनको पहिलो सुनुवाइका लागि अदालतले भोलिका लागि पेसी तोकेको छ। गृह मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको यस रिटमा सार्वजनिक स्थलमा प्रहरीको कार्यसम्पादन रेकर्ड गर्न खोज्दा सर्वसाधारणमाथि हुने गरेका विभिन्न धरपकड र स्वेच्छाचारी कार्यलाई रोक्न माग गरिएको छ । विशेष गरी प्रहरीले नागरिकको मोबाइल खोस्ने, धम्क्याउने, भिडियो मेटाउन लगाउने वा पक्राउ गर्ने जस्ता कार्य गरिरहेको भन्दै यसलाई नियमन गर्न स्पष्ट कानुनी व्यवस्थाको आवश्यकता औँल्याइएको छ।
Read full story at source (ratopati.com)