कप्तानगञ्ज घटनाका मृतक मेहताका परिवारसँग बुधबार थप छलफल, शव परीक्षणका लागि तयार
hamrakura.com · Tue Aug 04 00:00:00 GMT 2026
काठमाडौँ । सरकार र मृतक रविन्द्र मेहताका परिवारका सदस्यसँग भएको संवाद सकारात्मक भएको छ । गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा आज शिक्षण अस्पताल महारागगञ्जमा भएको छलफलमा सरकारका तर्फबाट मृतकका परिवारले उठाएका माग सम्बोधन गर्न पूर्ण प्रतिबद्धता व्यक्त गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
गृहमन्त्रीले मृतकका आफन्तलाई घटनाप्रति दुःख व्यक्त गर्दै आवश्यक सहयोग तथा राहत उपलब्ध गराउन सरकार तयार रहेको आश्वासन दिए । वार्तामा सहभागी आफन्तले मृतकका बुबाआमासँग अहिले सल्लाह गरेपछि मात्रै बुधबार थप छलफल गर्ने बताएका छन् । उनीहरूले अहिले मेहताको शव बुझेर परीक्षणका लागि शिक्षण अस्पतालमा पठाउन सहमति जनाएका छन् ।
Read full story at source (hamrakura.com)