भारतीय अभिनेता प्रदीप रावतको निधन
ratopati.com · Tue Aug 04 15:44:52 GMT 2026

काठमाडौँ । भारतीय चर्चित अभिनेता प्रदीप रावतको निधन भएको छ । ब्लड क्यान्सर भएका ७४ वर्षीय रावतको मंगलबार साँझ उपचारको क्रममा निधन भएको हो ।
मुम्बईस्थित कोकिला बेन अस्पतालमा उनी उपचाररत थिए । तेलुगु, हिन्दी र तमिल फिल्मका अभिनेता समेत रहेका रावतले चन्द्र पन्तको निर्देशनमा बनेको चलचित्र ‘आ बाट आमा’ र ‘ह्रस्व दीर्घ’ मा अभिनय गरेका थिए ।
Read full story at source (ratopati.com)