ग्यासको अभाव छैन : निगम
barnanmedia.com · Tue Aug 04 15:48:25 GMT 2026

काठमाडौँ, १९ साउन : नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट गर्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न तर अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ ।
निगमका प्रवक्ताद्वारा आज जारी प्रेस विज्ञप्तिमा असार ३१ गतेको सञ्चालक समितिको निर्णयअनुसार १४.२ केजी क्षमताका एलपी ग्यास सिलिन्डरको बिक्री वितरणको व्यवस्था मिलाइएको जनाएको छ । हाल दैनिक मागअनुसार ग्यासको आपूर्ति भइरहेको भए पनि बजारमा ग्यास अभाव भएको भन्ने समाचार तथा जनगुनासोप्रति निगमको ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
Read full story at source (barnanmedia.com)