रक्त क्यान्सर दोहोरिएपछि अभिनेता प्रदीप रावतको निधन
barnanmedia.com · Tue Aug 04 16:14:30 GMT 2026

बलिउड तथा नेपाली फिल्ममा समेत अभिनय गरेका वरिष्ठ अभिनेता प्रदीप रावतको निधन भएको छ । उनकी पत्नी कल्याणी रावतले कुराकानी गर्दै रावत अब आफूहरूमाझ नरहेको पुष्टि गरेकी हुन् ।
कल्याणीका अनुसार प्रदीप रावत केही समयअघि रक्त क्यान्सर (ब्लड क्यान्सर) बाट पीडित भए पनि उपचारपछि उनी पूर्ण रूपमा निको भएका थिए । स्वास्थ्यमा उल्लेखनीय सुधार आएपछि उनले पुनः फिल्ममा सक्रियता बढाएका थिए र हालै नेपाली फिल्म ‘आबाट आमा–२’ को छायांकनसमेत सम्पन्न गरेका थिए ।
Read full story at source (barnanmedia.com)