बाढीमा ज्यान गुमाएका परिवारलाई ५० हजार राहत
rajdhanidaily.com · Mon Aug 31 05:24:44 GMT 2026

बाँके । रसुवा बाढीमा परी ज्यान गुमाएका कोहलपुर नगरपालिकाका नागरिकका परिवारलाई स्थानीय सरकारले तत्काल आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।
कोहलपुर नगरपालिकाले मृतकका परिवारलाई काजकिरिया खर्चबापत जनही रु। ५० हजार राहत दिने निर्णय गरेको हो । नगर कार्यपालिकाको शनिवारको बैठकले बाढीबाट कारण मृत्यु भएका नगरवासीका परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए ।
Read full story at source (rajdhanidaily.com)