बाढीमा उद्धार, राहतसँगै अपराध नियन्त्रणमा प्रहरीले बढायो थप सक्रियता
gorkhapatraonline.com · Mon Aug 31 05:22:23 GMT 2026

। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उद्धार र खोजीमा जुटेको नेपाल प्रहरीले प्रभावित क्षेत्रमा नागरिकको जिउधनको सुरक्षा, राहत वितरण र शव व्यवस्थापनसँगै विपद्को मौका छोपी हुनसक्ने चोरी, लुटपाट, ठगी तथा साइबर अपराध नियन्त्रणलाई पनि प्राथमिकतामा राखेको छ ।
बाढी प्रभावित क्षेत्रको अवस्था सामान्य बनाउन तथा प्रभावित नागरिकको उद्धार, खोजी, राहत र सुरक्षा व्यवस्थापनका लागि हालसम्म सात हजार ८९४ जना प्रहरी कर्मचारी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ ।उद्धारका क्रममा घाइतेको उपचारका लागि अस्पतालसम्म पुर्याउने, विस्थापितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, राहत वितरणमा सहजीकरण गर्ने, मानवीय तथा भौतिक क्षतिको विवरण सङ्कलन गर्ने र बाढीले बगाएर ल्याएका शवको खोजी तथा व्यवस्थापन गर्न प्रहरीका विभिन्न टोली प्रभावित क्षेत्रमा खटिएका छन् ।
Read full story at source (gorkhapatraonline.com)