कोहलपुर गोल्डकप फुटबल : भारतको साहारामाथि नवलपरासीको जित
onlinekhabar.com · Sun Mar 02 17:22:44 GMT 2025
१८ फागुन, बाँके । तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपमा राइजिङ स्टार फुटबल क्लब नवलपरासीले जित हासिल गरेको छ । बाँकेको कोहलपुरमा आइतबार सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा भारतको साहारा फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै नवलपरासी विजयी भएको हो ।
निर्धारित समयमा कुनैपनि टोलीबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । खेल अवधिभर दुवै टोलीले गोलका लागि थुप्रै प्रयास गरेका थिए ।
Read full story at source (onlinekhabar.com)