हङकङविरुद्ध नेपालले टस जितेर फिल्डिङ गर्ने
annapurnapost.com · Mon Jun 08 06:14:18 GMT 2026
काठमाडौं : एसियन गेम्स छनोटको फाइनलमा नेपालले हङकङविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ। सिंगापुरस्थित सिंगा ओभलमा नेपालका कप्तान दिपेन्द्र सिंह ऐरीले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन्।
कप्तान दिपेन्द्र सिंह ऐरीको यो १०० औं टी २० अन्तर्राष्ट्रिय खेल हो। नेपालले सेमिफाइनलमा ओमानलाई ८ विकेटले पराजित गरेको थियो। त्यस्तै, हङकङले मलेसियालाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।
Read full story at source (annapurnapost.com)