आजका लागि तय भएका ५ संसदीय समितिका बैठक स्थगित
ratopati.com · Thu Aug 27 06:16:09 GMT 2026

काठमाडौँ । रसुवामा गएको भीषण बाढी र त्यसले पुर्याएको धनजनको क्षतिका कारण आज बिहीबारका लागि तय भएका संघीय संसदका पाँचवटा संसदीय समितिका बैठकहरू स्थगित भएका छन् ।
संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज भाद्र ११ गते पाँचवटा समितिका बैठकहरू डाकिएका थिए । तर, रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा बाढीले निम्त्याएको संकटकालीन अवस्थालाई मध्यनजर गर्दै संसदीय समितिका बैठकहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ।
Read full story at source (ratopati.com)