कर्तव्यनिष्ठ प्रशासकको प्रेरणादायी जीवनी
newsofnepal.com · Sun Mar 02 17:35:08 GMT 2025

राजा महेन्द्रको राज्याभिषेकको अवसरमा विदेशबाट आएका पाहुनालाई राख्न उपयुक्त होटलहरुको अभाव भएको महसुस भयो। त्यसबेला होटल जस्ता संबेदनशिल र ठूलो लगानी हुने क्षेत्रमा नेपालका सीमित उद्यमीहरु लगानी गर्न त्यति प्रोत्साहित भइरहेका थिएनन् । विदेशी पाहुना तथा पर्यटकहरुका लागि स्तरीय होटल स्थापनाको आवश्यकता महसुस गरी राजा महेन्द्रले आफ्ना भाइहरु र नजिकका धनी नातेदारहरुलाई होटलमा लगानी गर्न प्रोत्साहित गरेछन् । फलस्वरुप सोल्टी होटल, अन्नपूर्ण होटल आदि स्थापना भई सञ्चालनमा आए ।
पछि राजाका भाइहरुले अन्य व्यावसायमा पनि लगानी गर्न थाले । राजपरिवारले व्यावसायमा हात हालेकोमा सर्वसाधारणमा राम्रो सन्देश नगएको गुनासो राजा महेन्द्रकहाँ पुगेछ । त्यसपछि राजा महेन्द्रले प्रशासक परीक्षित नर्सिंह राणाको संयोजकत्वमा एउटा छानविन तथा सुझाव समिति गठन गरे ।
Read full story at source (newsofnepal.com)