बाढीपीडितलाई देवचुली नगरपालिकाको ८ लाख सहयोग घोषणा
ratopati.com · Thu Aug 27 14:57:01 GMT 2026

नवलपुर । नवलपुरको देवचुली नगरपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढी र पहिरोबाट प्रभावित भएकाहरूका लागि ८ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
नगरपालिकाको ११ गते बसेको कार्यपालिका बैठकले बाढी पहिरो पीडितको उद्धार र राहतका लागि उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । नगरपालिकाका अनुसार सहयोग रकममध्ये नगरपालिकाको तर्फबाट ४ लाख रुपैयाँ र नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको तर्फबाट ४ लाख रुपैयाँ गरी जम्मा ८ लाख रुपैयाँ प्रदान गरिनेछ ।
Read full story at source (ratopati.com)