कृषि र वन्यजन्तुमा बाढीले पुर्याएको क्षति अध्ययन गर्न ‘र्यापिड एक्सन टिम’ खटियो
onlinekhabar.com · Thu Aug 27 06:14:05 GMT 2026

११ भदौ, काठमाडौं । बाढीका कारण कृषि, वन, पशुपन्छी तथा वन्यजन्तुको क्षेत्रमा भएको क्षतिको तत्काल विवरण संकलन र राहत कार्यलाई प्रभावकारी बनाउन कृषि, वन तथा पर्यावरण मन्त्रालयले ‘र्यापिड एक्सन टिम’ गठन गरी परिचालन गरेको छ ।
मन्त्रालयअन्तर्गतका पाँचवटा सम्बन्धित विभाग तथा निकायका अधिकारीहरूलाई समेटेर उक्त कार्यदल बनाइएको हो । मन्त्रालयले विपद्बाट भएको जनधन तथा भौतिक क्षतिको स्थलगत र यथार्थ विवरण तत्काल संकलन गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ ।
Read full story at source (onlinekhabar.com)