शव पहिचान गर्न अस्पतालमा भौँतारिरहेका परिवार (तस्बिरहरू)
nagariknews.nagariknetwork.com · Mon Aug 31 05:58:12 GMT 2026

रसुवा बाढीमा परेर ज्यान गुमाएका तथा सम्पर्कविहीन भएकाहरूको परिवार तथा आफन्त अस्पतालहरूमा भावविह्वल अवस्थामा देखिन्छन्। उनीहरू पाँच दिनदेखि शिक्षण अस्पताल काठमाडौं, चितवन तथा पोखरा लगायतका अस्पतालहरूमा भौँतारिरहेका छन्।
अस्पतालहरूमा शव पहिचान गर्न आउनेको आफन्तहरूको भिड बढेको छ। पहिचान गर्न सहज होस् भनेर अस्पतालहरूले फोटो डिस्प्लेमा भेटिएका शवहरूको फोटो राखिदिएको छ भने हराएकाका आफन्तहरूले अस्पतालका भित्तामा फोटो र सम्पर्क नम्बर राखेर टाँसिरहेका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)