रोकियो राष्ट्रिय परिचयपत्रको काम
barnanmedia.com · Wed Aug 05 00:37:15 GMT 2026

राष्ट्रिय परिचयपत्रको आवेदन लिनेदेखि छपाइ गर्नेसम्मको सबै प्रविधि र प्रणालीको काम ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् । एक महिनादेखि काम ठप्प हुँदा नयाँ परिचयपत्र नम्बर लिनेदेखि राहदानीलगायतका अन्य सेवा लिने सेवाग्राही मर्कामा परेका हुन् ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक नीराजन श्रेष्ठका अनुसार असार मध्यदेखि प्रणालीमा समस्या आएपछि काम ठप्प बनेको हो । राहदानी, सामाजिक सुरक्षा भत्तालगायतका अन्य सेवा लिनका लागि राष्ट्रिय परिचयपत्र सरकारले अनिवार्य गरेको छ । विशेष गरी सफ्टवेयर बिग्रेपछि कम्प्युटर प्रणालीमा प्रवेश हुन बाँकी रहेका सेवाग्राही सबैभन्दा बढी मर्कामा परेको श्रेष्ठले जानकारी दिनुभयो ।
Read full story at source (barnanmedia.com)