हवाइ इन्धनको मूल्यवृद्धिसँगै आन्तरिक उडानको भाडा बढ्यो
kendrabindu.com · Wed Aug 05 01:02:43 GMT 2026

काठमाडौं । नेपाल आयल निगमले साउन १७ गते आन्तरिक हवाइ इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ वृद्धि गरेपछि आन्तरिक वायुसेवा कम्पनीहरूले हवाइ भाडा (फ्युल सरचार्ज) बढाएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेको नयाँ फ्युल सरचार्जको दररेट आजैका मितिदेखि लागू हुने गरी सार्वजनिक गरिएको छ । प्राधिकरणका अनुसार साबिकमा प्रतिलिटर २२९ रुपैयाँ रहेको आन्तरिक हवाइ इन्धनको मूल्य ८.७३ प्रतिशतले बढेर प्रतिलिटर २४९ रुपैयाँ पुगेको छ ।
Read full story at source (kendrabindu.com)