वैदेशिक रोजगारीमा आकर्षक आम्दानीको प्रलोभन देखाई ठगी गरेको आरोपमा दुई पक्राउ
himalpress.com · Wed Aug 05 01:12:48 GMT 2026

काठमाडौँ- काठमाडौँ महानगरपालिका ३१ शंखमूलबाट वैदेशिक रोजगारीमा आकर्षक आम्दानीको प्रलोभन देखाई रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको जनकनन्दिनी गाउँपालिका २ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका ३१ शंखमूल बस्ने २६ वर्षीय रिगबान शेष रहेको नेपाल प्रहरीको समाचार शाखाले जनाएको छ।
उनले एक जनालाई बेलायत (यूके) पठाइदिने भन्दै रु। ७ लाख ठगी गरेका थिए। कञ्चनपुरको भीमदत्त नगरपालिका ११ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका ३१ शंखमूल बस्ने ४४ वर्षीय नवराज भट्ट पनि पक्राउ परेका छन् । उनले एक जनालाई क्रोसिया पठाइदिने भन्दै ८ लाख ५० हजार ठगी गरेका थिए । दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ ।
Read full story at source (himalpress.com)