अवैध रूपमा भित्रिएका इलेक्ट्रिक स्कुटर धमाधम जफत
nagariknews.nagariknetwork.com · Wed Aug 05 01:13:18 GMT 2026

कञ्चनपुरमा भन्सार छलेर अवैध रूपमा इलेक्ट्रिक स्कुटर आयात बढेपछि स्थानीय प्रशासनले कडाइ गरेको छ।
पछिल्लो एक महिनामा मात्र भारतबाट भन्सार छलेर अवैध रूपमा नेपाल भित्र्याइएका तथा दर्ता नगरी सञ्चालनमा रहेका १२ वटा इलेक्ट्रिक स्कुटर प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालयलाई बुझाएको छ। खुला सीमा नाका रहेको कञ्चनपुरका विभिन्न स्थानबाट नयाँ इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने क्रम बढेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)